२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः सामूहिक हत्याको शोकमा विद्यालय बन्द



अ+ अ-

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा शाखाको प्रस्तावमा कार्यपालिकाले विदा अनुमोदन गरेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

जेठ ६ गते राति भएको हत्याकाण्डमा मिक्लाजोङ ३ आरुबोटेका धनराज शेर्माका छोरीहरु
छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा तथा बमप्रसाद फियाककी नातिनी १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या गरिएको थियो ।उनिहरु सबै स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।

उनीहरु सबै आरुबोटे माविमा अध्ययनरत थिए । विद्यालयले भने गत शुक्रबार शोकसभा गरेको थियो ।

उक्त घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

हत्या भएकाे आज एक साता पुगेकाे छ । तरपनि अहिलेसम्म हत्यामा संलग्न कुनै अपराधि भेटिएका छैनन् । यद्यपि घटनामा संदिग्ध भनिएका एकजना आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

शेर्माको परिवार
अनुमानित ३३/३४ वर्षीया धनराज शेर्मा
श्रीमती ३५ वर्षीया जस्मिता फियाक
छोरी १२ वर्षीया युहाना शेर्मा
छोरी १० वर्षीया मुना शेर्मा
छोरी ८ वर्षीया इच्छा शेर्मा

फियाक परिवार
अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक
श्रीमती ७०/७५ वर्षीया पुर्सिमाया फियाक
छोरी ३५ वर्षीया मनकुमारी फियाक
बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक

घाइते
अनुमानित १२ वर्षीया सीता खजुम ।