२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दस बर्षे द्धन्द्धमा सहभागी भएका नेकपा नेताहरुले विप्लवलाई पुरानै बाटोमा लैजाँदै



अ+ अ-

काठमाडौं । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ ।

पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ । सरकारले विप्लव समुहमाथि कठोर नीति लिदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ ।

दसबर्षे शसस्त्र द्धन्द्धले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि बढाएको छ । प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरङगित बनाइदिएको छ ।
विगतमा दस बर्षे शसस्त्र द्धन्द्धमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।