२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसै साता आउने बजेटमा आउला त सांसदको १० करोड ?



अ+ अ-

काठमाडौं । यसै साता आउने बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा १० करोड रुपियाँ बजेट थप भएर आउनुपर्ने सांसदहरुले गरेको लविङप्रति सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी नेताहरुले विरोध गरेका छन् । मुलुकमा संघीय संरचनाअनुसार विकास निर्माण गर्न ७५३ वटा शक्तिशाली स्थानीय तह गठन भएता पनि सांसदले संघियताको मर्म विपरित अपारदर्शी ढंगले बजेट खर्च गर्ने खराब प्रवृत्ति देखाइरहेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

अखिल अध्यक्ष ऐन महरले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको विषयमा विरोध भएको स्वीकार्दै भन्नुभयो– ‘यो कार्यक्रम नराम्रो होइन । तर अहिले भइरहेको प्रवृत्ति गलत हो । आवश्यकताअनुसार जनतामा बजेट पुग्ने ग्यारेन्टी नहुने हो भने आचारसंहिता बनाएर रोक्नु नै पर्छ ।’ अखिलका पूर्व अध्यक्ष समेत रहनु भएका अर्का नेता माधब ढुंगेलले चुनाव लड्दादेखि नै यस्ता गलत प्रवृत्तिलाई बढावा दिएको भन्दै विरोध गर्नुभयो ।

‘चुनाव ताका फलानो ठाउँमा पुल बनाउँछु, सडक बनाउँछु भन्दै विकासका एजेन्डा अघि सार्छन्’, उहाँले भन्नुभयो–‘चुनावको त्यो एजेन्डाले गर्दा नै हो सांसदले बजेट आफ्नो पोल्टामा पार्न खोजेको । यो गलत नै हो ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।