२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह प्रभावकारी भएन, संघीय मन्त्रालयलाई दोष



अ+ अ-

काठमाडौं । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् ।

कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्छन्–‘समायोजनमा पठाइएका अधिकाशं कर्मचारीलाई कम्प्युटर नै चलाउन आउँदैन । बच्चाको जन्मदर्ता अनलाइनमार्फत भर्नुपर्ने स्थिति छ । कम्प्युटरै नजान्नेबाट सेवाग्राहीले यथोचित सेवा कसरी पाउंलान् ?’

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको भनाइ पनि यो भन्दा फरक छैन । उनी भन्छन्–स्थानीय तहका लागि कानून बनाउन जान्ने, योजना तर्जुमा एवम् कार्यान्वयन र समाज विज्ञानको अनुभव भएको कर्मचारी चाहिन्छ ।

मन्त्रालयले यस्ता नभई महिला विभाग र हुलाक कार्यालयका कर्मचारी पठाएको टिप्पणी गर्दै नगरप्रमुख श्रेष्ठ थपे–‘यस्तो कर्मचारीले कसरी स्थानीय तह चलाउने ?’ नगरपालिकाका अनुसार अहिलेसम्म करिब १ सय जना कर्मचारी पठाइएको भए पनि स्थानीय तहका लागि आवश्यक कमै भेटिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।