२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित हस्तमैथुन गर्ने युवाहरुमा ‘प्रोस्टेड’ क्यान्सरको जोखिम कम हुन्छ



अ+ अ-

काठमाडौं । धेरै हस्तमैथुन गर्नेहरु निसन्तान हुन्छन्, वीर्य पातलो हुन्छ, हस्तमैथुन गर्ने युवाहरुले विवाहपश्चान श्रीमतीलाई यौन सुख दिनसक्दैनन,हस्तमैथुन गर्दा दुब्लो भइन्छ, त्यसो गर्ने मान्छे शारीरिक रुपमा कमजोर हुन्छ भन्ने जस्ता कुरालाई चिकित्सक तथा शोध एवं अनुसन्धानहरुले नै गलत सावित गरिदिएका छन् ।

विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय अनुसन्धानहरुले यसको ठीक उल्टो हुनेगरी हस्तमैथुन गर्दा फाइदा पुग्ने कुरालाई जोड दिएका छन् ।

हस्तमैथुन वा वीर्यस्खलन गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्ने गरेका निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । पछिल्लो समय गरिएको एक अनुसन्धाले वीर्य स्खलन गराउने पुरुषमा ‘प्रोस्टेड’ क्यान्सरको जोखिम कम रहने गरेको सर्वेक्षणमा सहभागीहरुले दाबी गरेका एजेन्सीहरुले जनाएका छन् ।

१९२२ देखि २०१० सम्म गरिएको सर्वेक्षण अनुसार करिब ३२ हजार भन्दा बढी पुरुषहरुमा अध्ययन गर्दा ४ हजार पुरुषमा ‘प्रोस्टेड’ क्यान्सर देखिएको थियो सर्वेक्षण रिपोर्टमा भनिएको छ ।

२० वर्षभन्दा कम उमेरमा प्रतिमहिना २१ पटक स्खलित हुने पुरुषमा ‘प्रोस्टेड’ क्यान्सर लाग्ने जोखिम १९ प्रतिशतले कम रहेको पाइएको थियो । त्यसैगरी ४० वर्ष पुग्नु अघिसम्म स्खलन गरिरहने पुरुषमा यसको जोखिम २२ प्रतिशत भन्दा कम रहेको जनाइएको छ ।

प्रत्येक महिना ३ पटक वा सो भन्दा कम वीर्य स्खलन गर्ने पुरुषमा पोस्ट्रेड क्यान्सरको जोखिम वा अन्य रोग लाग्ने सम्भावना उच्च रहेको अध्ययनको क्रममा फेला परेको थियो ।

यो अध्ययन अमेरिकाको हावर्ड विश्वविद्यालयको स्वास्थ्य सम्बन्धि विभागले गरेको थियो । यद्यपी कुनै पनि काम वा प्रवृत्तिलाई आवश्यकता भन्दा बढी महत्वका साथ गरियो भने फाइदासँगै असर पुग्न सक्ने तर्फ पनि ध्यन पुर्याउनु पर्ने सर्वेक्षणमा सहभागीहरुले बताएका छन् ।