२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीमा भारतीयको दादागिरी, डुब्यो नेपालको गाँउ



अ+ अ-

काठमाडौं । भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ।

पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो।नगरप्रमुख शैलेशकुमार साहले शुक्रबार साँझबाट गोबरगाढा जान र आउन नसकिएको बताए।

‘पानी छाड्ने भए पनि पूर्वसूचना जरुरी थियो,’ उनले भने, ‘बिनाजानकारी पानी छाडियो।’ गोबरगाढामा तीन सय हाराहारीमा बसोबार रहेको वडाध्यक्ष विन्देश्वरी यादबले बताए।नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघन्टाका दरले च्यानलमा पानी बगिरहेको बताए। ‘यस्तोमा कसरी बस्ती पुग्न सक्छन् स्थानीय ?’उनले भने, ‘एकतर्फी रुपमा च्यानल बनाउनु र मललाग्दी पानी छाड्नु भारतीय पक्षको हेपाहा प्रवृत्ति हो।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।