२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रअले शिक्षकको तलब खाईदिएपछि….



अ+ अ-

काठमाडौं । बाग्लुङको बडीगाड गाउँपालिका ७ का श्री माझखर्क प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले अस्थायी शिक्षिका चन्दा थापाको तलब खाएका छन्।जापान गएकी शिक्षिका चन्दाको २ लाख ८१ हजार तलबभत्ता खाएको अख्तियारको दाबी छ।

२०७२ चैत्र देखि विद्यालयमा अनुपस्थित भई जापान गएकी चन्दाको ०७३ फागुनसम्मको तलब भत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको आरोपमा तत्कालिन प्रअ विजयबहादुर विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्थायी शिक्षिका चन्दा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा विदा समेत स्वीकृत वा सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई नगराई बदनियतपूर्वक कार्य विजयबहादुरले गरेका थिए।

चन्दाको सट्टामा कानुनी प्रक्रिया विपरीत आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी मिति २०७२ चैत देखि २०७३ फाल्गुन सम्मको तलवभत्ताको नक्कली कागजात खडा गरी बदनियतपूर्ण तरिकाबाट निकासा माग गर्नुको साथै खर्च समेत गरेको देखिदा तत्कालीन प्रधानाध्यापक विजयबहादुरविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएकोक छ।

सट्टा शिक्षकमा अध्यापन गराउने आकाश थापाले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गर्न र निजको हाजिर कापीमा २०७३ असोज मसान्त सम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको अख्तियारको दाबी छ।

प्रअ विजयबहादुर, सट्टा शिक्षक आकाशविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।