२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैले छातीमा थिचेँ, बाले खुट्टा समाए अनि…



अ+ अ-

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिबिसौनादेउपुरकी २४ बर्षिया सरिता दुलालको हत्या आरोपी पाँचैजनालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ ।

जिल्ला अदालतको जिल्ला न्यायधिश दुर्गा खड्काको एकल ईजलासले हत्याका आरोपी मृतक सरिताका श्रीमान् सुदिप दुलाल, ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगीता दुलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

१३ वैशाखमा घरमै घाँटीमा निलो डोम भएको अवस्थामा सरिताको शव उनकै घरमा फेला परेको थियो । उनको परिवारकै सदस्यवाट हत्या भएको भन्दै स्थानीयको दवावपछि प्रहरीले श्रीमान् बाहेक चार जनालाई नियन्त्रणमा लिएको थियो । त्यसको भोलीपल्ट श्रीमान सुदिपलाई गाँउमै लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पाँचैजना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि हत्या गरिएकी सरिताका श्रीमान् सुदिपले आफै मात्रैले हत्या नगरेको भन्दै सामुहिक रुपमा हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । ‘हत्यामा एक व्यक्तिको मात्रै प्रयोग नभएकाले प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियौ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकृतले बताए ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक व्यक्तिबाट मात्रै नभएको देखाएपछि अनुसन्धान फराकिलो बनाएको थियो ।

विवाहको पाँच बर्षसम्म निरन्तर रुपमा दुलाल परिवारमा नागरिकतासँगै सम्पत्तिको बिषयमा विवाद हुँदै आएको थियो ।

मृतकका श्रीमान् सुदिपले प्रहरी बयानमा बुबा पिताम्बर, आमा रोमकुमारी, दाई केशव र भाउजु संगीता समेतले धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न भनेर उस्काएपछि हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।, राजधानी दैनिकले समाचार छापेको छ ।