२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजयी भएपछि मोदीले जनतालाई भने ‘म आफ्नो लागि केही गर्ने छैन’



अ+ अ-

काठमाडौं । लोकसभा चुनावमा विगतको जित भन्दा उल्लेख्य जित हात पोपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै जनतामा धन्यवाद व्यक्त गरेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै खुसी व्यत्त गरेका हुन् ।

‘आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन, हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु,’ उनले भारतीय जनता पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै भनेका छन् ।

६० करोड मतदाताले सहभागिता जनाएकाकोमा मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३३५० भन्दा धेरै सीट जित्न सक्छ। गठबन्धनले २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने समेत देखिएको छ ।

दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीले बेहोरेको हार स्वीकारेका छन्।सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा समेत आफ्नो हार स्वीकार गरेका छन्।

कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तीमा २७२ सीट चाहिन्छ। सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो।

उक्त चुनावमा भाजपाको गठबन्धनले संसदमा कुल ३३६ सिट ओगट्न सफल भएको थियो। सन् २०१४ को चुनावमा कंग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धन सहित जम्मा जम्मी ६० सीट पुगेको थियो।