काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबारको दिन बुधवार रू.५०० ले बढेको सुनको भाउ बिहीबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार ८०० मा कारोबार भएको छ । बुधबार पनि छापावाला सुन सोही मूल्यमा खरीदबिक्री भएको थियो ।
यस्तै, बुधबार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।







