२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः घाइते बालिकाको उपचार प्रदेश-१ सरकारले गर्ने



अ+ अ-

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती भएको विभत्स हत्या काण्डबाट भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिकाको उपचार प्रदेश –१ सरकारले गर्ने भएको छ।

दुई परिवारका नौजनाको हत्या भएको घटनामा भागेर बाँचे पनि घाइते अवस्थामा रहेकी सीता खजुमको सबै उपचार खर्च सरकारले बेहोर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

मन्त्री कार्कीले जारी गरेको विज्ञप्तिमा क्रुर र बर्बरतापूर्वक घटनामा घाइते भएकी बालिकाको उपचारमा कुनै कमी हुन नदिने र सबै खर्च सरकारले बेहोर्ने उल्लेख छ। अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले सबैलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता पनि प्रदेश सरकारले गरेको छ।

। घटनाको प्रभावकारी अनुसन्धानका लागि काठमाडौंबाट सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलमा खटिएका छन् ।

सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो। धनराज बमबहादुरका ज्वाइँ हुन्। उनीहरुको घर पैदल १५ मिनेटको दूरीमा छ। ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, फुर्चीमाया फियाक १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो।

बमबहादुरकै नातिनी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

शेर्माको परिवार
अनुमानित ३३/३४ वर्षीया धनराज शेर्मा
श्रीमती ३५ वर्षीया जस्मिता फियाक
छोरी १२ वर्षीया युहाना शेर्मा
छोरी १० वर्षीया मुना शेर्मा
छोरी ८ वर्षीया इच्छा शेर्मा

फियाक परिवार
अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक
श्रीमती ७०/७५ वर्षीया पुर्सिमाया फियाक
छोरी ३५ वर्षीया मनकुमारी फियाक
बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक

घाइते
अनुमानित १५/१६ वर्षीया सीता खजुम ।