२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तत् राजपा गर्यो यस्तो निर्णय



अ+ अ-

काठमाडौं । आगामी महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने निश्चित भएको छ । राजपाको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । राजपा अध्यक्षमण्डलको आइतबार काठमाडौंमा बसेको बैठकले पार्टीको विधान संशोधन गर्दै महाधिवेशनपछि अध्यक्षमण्डल भंग गरी एकल नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय लिएको हो । ‘बैठकले विधान संशोधन गरेको छ’, अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले जानकारी दिए, ‘राजपाको एकीकरणपछि २ वर्षभित्र गर्ने एकता महाधिवेशनको समय बढाएर ३ वर्ष पुर्‍याएको छ ।’

२ वर्षअघि तत्कालीन मधेसी मोर्चामा आबद्ध ६ दल एकीकरण गरेर राजपा गठन भएको थियो । एकीकरणपछि राजपाको नेतृत्व ६ सदस्यीय अध्यक्षमण्डलले गर्दै आएको छ । आइतबारको बैठकले विधान संशोधन गरेपछि राजपाले त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिएको छ । महासचिव केशव झाले आइतबार नै आयोगलाई निर्णय बुझाइएको बताए ।

यसअघि पटक पटक पार्टी विधान बनाउन समिति गठन हुँदा पार्टी एकल अध्यक्ष प्रणालीमा जाने कि अध्यक्षमण्डल प्रणालीमा जानेमा विवाद हुँदै आएको थियो । पछिल्लो पटक गत वैशाख दोस्रो साता बसेको राजपा पदाधिकारी बैठकले लक्ष्मणलाल कर्णको नेतृत्वमा फेरि विधान समिति बनाएको थियो । यस पटक कर्ण नेतृत्वको समितिले पार्टीको मूल नेतृत्व एकल अध्यक्ष प्रणालीमा जाने वा अध्यक्षमण्डल कायम राख्ने टुंग्याउन माग गरेका थिए । बैठकले यसको टुंगो लगाएपछि विधान समितिले एक÷दुई दिनमै पार्टीको महाधिवेशनमा पेस हुने नयाँ विधान तयार हुने जनाएका छन् ।

समिति सदस्यसमेत रहेका महासचिव झाले मंगलबारसम्म विधान समितिको अन्तिम बैठक बस्ने तयारी भइरहेको बताए । एकल अध्यक्ष प्रणालीमा जाने निर्णयपछि विधान समितिले पार्टीको केन्द्रीय समितिको पदाधिकारी मोडलसहित अन्य कुराको टुंगो लाग्नेछ । त्यसका साथै पार्टीका पदाधिकारीसहित अन्य समितिको समेत टुंगो नयाँ विधानले लगाउनेछ । गत वैशाखमै महाधिवेशन गर्ने घोषणा यसअघि गरे पनि राजपाले तयारी नपुगेको भन्दै आउँदो कात्तिक २८–३० को मिति तय गरेका थिए । बैठकले महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल तयारी समितिसमेत गठन गरेको छ ।

मंसिरदेखि नै महाधिवेशन लक्षित गरी पार्टीको सदस्यता वितरण अभियान चलाए पनि आन्तरिक विवादका कारण पटक पटक समय थपिँदै आएको छ । केन्द्रमा समेत अध्यक्षमण्डलभित्रै विवाद देखिएपछि पार्टी पछिल्लो समय अन्योलग्रस्त बन्न पुगेको थियो । मंसिरमा अध्यक्षमण्डलको बहुमतबाट महन्थ ठाकुरको एकल संयोजन विस्थापन गरी चक्रीय प्रणालीमा जाने निर्णय भएपछि राजपामा विवाद उब्जेको थियो । चक्रीय प्रणालीमा गएपछि राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारीले पार्टी संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । सोमबारदेखि राजपाको संयोजकको जिम्मा अनिल झाले लिने आइतबार राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्नपूर्णबाट ।




भर्खरै