२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ससको बोतलमा सुर्तीको खोल भेटियो



अ+ अ-

काठमाडौं । म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो।

आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोत्तल दिएका थिए। अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए।

तिरुपती फुड्स एन्ड बेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन। ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिन्छ।

सस चाउमिन, मम लगायत परिकार बनाउन प्रयोग गरिन्छ। ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ।

स्थानीय प्रशासनको बजार अनुगमन सदरमुकाममा केन्द्रित रहदै आएको छ। बजार अनुगमनलाई ग्रामीण बजारमा विस्तार गर्न लागिएको प्रजिअ लीलाधर अधिकारीले बताए।

उनका अनुसार प्रत्येक महिनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ। अन्नपूर्णबाट




भर्खरै