१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

धादिङ । धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नंको मोटरसाइकललाई एउटा अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।