१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आउने चराको सङ्ख्या वृद्धि, बढ्दो विषादीको प्रयोग टाउको दुखाइको बिषय बन्दै



अ+ अ-

भरतपुर । गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो ।

चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष वासु बिडारीले जानकारी दिए ।

‘चैतदेखि भदौभित्रको अवधिमा चरा यहाँ आउँछन्”, बिडारीले भने, “बच्चा जन्माइसकेपछि पुरानै बासस्थानमा फर्कन्छन् ।” चराले बच्चा कोरल्ने र हुर्काउने अवधि डेढदेखि दुई महिनासम्मको हुन्छ । अहिले आउने चराले घाँसेमैदान र रुखमा गुँड पार्ने गरेको बिडारीले जानकारी दिए ।

यो याममा आउने चराको गणना चितवनमा मात्रै गरिन्छ । वर्ड एजुकेशन सोसाइटी, हिमालयन नेचर, नेपाल पक्षीविद् सङ्घ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा विगत पाँच वर्षदेखि चरा गणना गर्न थालिएको उनले बताए ।

चराविद् डा. हेमसागर बरालले कोइली, पिट्टा, लालठुँडे, ठेउवा, मुरली, सुनचरी लगायत प्रजातिका चरा यो याममा नेपाल आउने गरेको उनले बताए । उनका अनुसार प्रायः चरा वनमा आश्रित हुने भएका कारण कीरा फट्याङ्ग्रा र फलफूल खाएर बाँच्छन् ।

पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो विषादीको प्रयोगका कारण पनि कीरा फट्याङग्राको सङ्ख्या कम हुँदा चरालाई आहराको समस्या हुने गरेको बरालको भनाइ छ । जथाभावी विषादी प्रयोगले चराको वासस्थान सङ्कटमा पर्दै गएको हो ।

विभिन्न देशका पर्यटकहरु चरा हेर्नकै लागि समय छुट्याएर नेपाल आउने गर्छन् । नेपालमा अहिलेसम्म अभिलेख भएका ८ सय ८७ प्रजातिका चरा छन् । त्यसमध्ये ८ प्रचातिका चरा लोप भएको चरा विज्ञको अनुमान छ । नेपालमा मात्रै पाइने प्रजातिको चरा काँडेभ्याकुर हो ।