१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियामा बाढीका कारण पच्चीससय भन्दा बढी मानिस घरबारविहीन



अ+ अ-

नैरोबी । तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताउनुभयो ।

उहाँले बाढीले गरेको क्षति व्यापक रहेको बताउँदै विस्थापित मानिसहरु विद्यालय, गिर्जाघर र साथीभाइका घरमा आश्रय लिइरहेको जानकारी दिनुभयो ।

मोगाम्बोले आपतमा परेका मानिसका लागि खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको पनि बताउनुभयो । बाढीले यहाँको धानखेत डुबाएको, बालीनालीमा व्यापक क्षति गरेको तथा आगामी दिनमा खाद्यान्न अभाव हुने स्थिति उत्पन्न भएको छ ।
गत वर्ष अप्रिलमा केन्याको आर्थिक राजधानी दारे–ए–सलाममा भारी वर्षासँगै आएको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।