काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक (भोलि) बिहीबार बस्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले भोलि ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने बुझिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठकको रुपमा भोलि बस्न लागेको हो ।












