१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनजनाको पहिचान खुल्यो (अपडेट)



अ+ अ-

काठमाडौं । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार हालसम्म एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।

झापाको काकडभिट्टाबाट काठमाडौंका आउदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।