२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जनता जगाउने अभियान नै फितलो



अ+ अ-

काठमाडौं । पार्टीको तल्लो तहसम्म पुनर्ताजगी ल्याउन कांग्रेसले सुरु गरेको जागरण अभियान फितलो देखिएको छ।

७७ जिल्लाका सात सय ५३ स्थानीय तहसम्म कांग्रेसले जागरण अभियान व्यापक रूपमा गर्ने भने पनि पार्टी भित्रको लथालिङग संरचना र केन्द्रीय नेतृत्वमा रहेको असन्तुष्टिका कारण प्रभावकारी नदेखिएको हो।

जागरण अभियानलाई प्रभावकारी बनाउन नेतृत्वले अनुशासन समिति परिचालन गरेपनि पार्टीको संरचना प्रदेश र स्थानीय तहमा नबनाएका प्रभावकारी बन्न नसकेको हो।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा।शेखर कोइरालाले पार्टीको तल्लो तहभन्दा पनि माथिल्लो तहमै जागरणको आवश्यकता रहेको व्यङग्य गरे।

‘नगरदेखि गाउँ वडासम्म पार्टी इकाइ नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाएको’, कोइरालाको प्रश्न थियो।

वैशाख २५ देखि सुरु भएको कांग्रेसको जागरण अभियानमा कोइराला केन्द्रीय प्रतिनिधिका रूपमा काभ्रे खटेका छन्। कार्यकर्तालाई भन्दा बढी झगडा गरिराख्ने केन्द्रीय नेतालाई जागरण अभियान चाहिएको उनको भनाइ थियो।

‘जागरण कसलाई चाहियो रु नेतृत्वलाई हामीलाई कि, तपाईंहरूलाई रु ’ कोइरालाले कार्यक्रममा सहभागी कार्यकर्तालाई सोधे, ‘तपाईंहरू त यसै जागरुक हुनुहुन्छ। झगडा गरिराख्ने हामीलाई पो जागरण चाहिएको हो।’

संविधान जारी भएको ४ चार वर्ष विते पनि कांग्रेसले मुलुकको नयाँ संरचना अनुसार पार्टीको आन्तरिक संगठन बनाउन सकेका छैन। कांग्रेसको १३ औं महाधिवेशनले नै प्रदेश तहमा संरचना बनाउने बाटो खोले पनि नेतृत्वले अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन।

नयाँ संविधानपछि फरिएको निर्वाचन क्षेत्र र स्थानीय तहमा पनि कांग्रेसको संरचना बन्न सकेको छैन। गएको महासमिति बैठकले संविधान अनुसारको पार्टी विधान नयाँ बनाए पनि त्यसअनुरूप पार्टी संरचना बनाउन काम कांग्रेसले सुरु गर्न सकेका छैन।, अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।




भर्खरै