२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात करोड राजस्व हिनामिना गरेको नासु फरार



अ+ अ-

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् ।

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।