२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काममा स्थानीयको अवरोध



अ+ अ-

काठमाडौं । भूकम्प गएको चार बर्षपछि पुनःनिर्माणले गति लिन थालेको धरहराको काम अवरुद्ध भएको छ ।

पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान स्थानीय वासिन्दाले काममा अवरोध गरेका हुन् ।

धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार हाल निर्माणको काम करिब १३ प्रतिशत सकिएको छ ।

श्रेष्ठले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएकाले काम बन्द भएको बताए ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग गर्दै आएका थिए ।

उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन् ।