१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकारको निर्णय : प्रहरीलाई ९२ लाख बराबरको मोटरसाइकल किनिदिने



अ+ अ-

कास्की । गाउँमा अत्यावाश्यक पर्दा हिँडेर सेवा दिनुपर्ने अवस्था आएको भन्दै गण्डकी प्रदेश सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयले मोटरसाइकल किन्न ९२ लाख बराबरको रकम छुट्याएको छ ।

आवश्यकताअनुसार प्रहरीलाई मोटरसाइकल उपलब्ध गराउने उनले जनाए ।