काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र जिल्लामा निर्वाचित आफूनिकट सभापति र सदस्यहरूसँग पनि छुट्टै छलफल गर्ने भएका छन् ।
आसन्न १४औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर देउवाले छलफल गर्न लागेका हुन् ।
निजी निवास बूढानीलकण्ठमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका देउवाले उक्त बैठकपछि प्रदेश र जिल्लाका पदाधिकारीसित छुट्टै छलफल गर्न लागेका हुन् ।












