३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली बजारमा सुनको मूल्य बढ्यो



अ+ अ-

काठमाडौं । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।