३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्छौंः खेलकुद मन्त्री



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले १३ औं सागको तयारीमा सरकार जुटिरहेको बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री विश्वकर्माले आगामी डिसेम्बर १ देखि १० सम्म हुने उक्त प्रतियोगिता आयोजना र सफलतापूर्वक सम्पन्न गर्न सरकार तयारीमा जुटिरहेको बताए।

आव २०७६/७७ को नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन क्रममा भनिसकेको र कार्यक्रम पारित भइसकेको उनले बताए।

हिजोमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए।

‘हिजोको समिति बैठकमा छलफल भएअनुसार हामी छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं,’ उनले भने, ुसहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने निर्णय पनि भएको छ।

नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको भन्दै उनले यो प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने लक्ष्य र विश्वास रहेको दाबी गरे।

‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेका छौं, उनले भने। सन् १९९९ मा नेपालले दोस्रो स्थान र १८ औं एसियन गेममा ३३ औं स्थान हासिल गरेको थियो। त्योबेला नेपालले २० वर्षपछि रजतपदक हासिल गरेको थियो।

उनका अनुसार तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा र खेलाडी छनौट गर्नेछन्। खेलाडी छनौट गरिसकेपछि बन्द शिविरमा आवश्यक प्रशिक्षण दिइने र जेठसम्म सबै काम सक्ने उनले बताए। प्रतियोगितामा २७ वटा खेल आयोजना गरिनेछन्।

त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको पनि उनले जनाए।

‘भूकम्पपछि भत्किएको दशरथ रंगशाला पुनर्निर्माण धमाधम भैरहेको छ। अन्तिम चरणमा पुगेको छ। सातदोबाटो पौडी पोखरीमा पनि काम सकिएको छ। सातदोवाटोकै तेक्वाक्दो र करातेको हल पनि निर्माण भैसकेको छ,’ उनले जानकारी दिए। पोखरा रंगशालामा पनि द्रुत गतिमा काम भइरहेको भन्दै उनले असार मसान्तसम्म सबै संरचना निर्माण सक्ने दावी गरे।

मन्त्री विश्वकर्माका अनुसार साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधि आउँदो साता मन्त्रिपरिषद बैठकमा पेश हुनेछ। काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउन जग्गा प्राप्ति प्रक्रिया पनि सरकारले सुरु गरिसकेको उनको भनाइ छ।

त्यस्तै, सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय तहमा एउटा(एउटा खेलग्राम बनाउने योजना रहेको उनले जनाए।

खेलकुद क्षेत्र विकासका लागि सरकारी, निजी तथा गैरसरकारी सबै निकाय मिलेर सहकार्य गर्नुपर्ने आवश्यकत्ता उनले औंल्याए ।