३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी अफगानिस्तानमा सात प्रहरीको हत्या



अ+ अ-

शिबरघान । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिए।

उनले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताउनुभयो ।
छिमेकी क्वुस टेपा जिल्लामा सात जना तालिबानीको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । दुई दिनदेखि जारी भिडन्तका क्रममा सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि प्रवक्ता अनिखले बताए ।

अफगानिस्तानका मुख्य शहरी इलाका र ३४ वटै प्रान्तीय राजधानीहरु सरकारी फौजको नियन्त्रणमा रहे पनि अधिकाँश भूभागमा तालिबानी समूहको कब्जा रहेको छ । अमेरिकी प्रतिनिधिसँग कतारमा प्रत्यक्ष वार्ता गरिरहेको तालिबान समूहले गत अप्रिलदेखि देशैभर व्यापक आक्रामक कारबाही गरिरहेको छ ।