३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सी चिनफिङले आफूलाई सुन्दर चिठी पठाएको ट्रम्पको दाबी, व्यापार वार्ता टुंगिन सक्ने संकेत



अ+ अ-

काठमाडौं । आजदेखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङले आफूलाई सुन्दर चिठी पठाएको बताएका छन्।

११ औं चरणको व्यापार वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री लिउ हेको टोली वासिङट्न पुगेको केहीबेरमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले सीको पत्रमा मिलेर काम गरौं, सँगै केही निष्कर्ष निकालौं भन्ने व्यहोरा रहेको जानकारी दिए।

ट्रम्पले सीको यो चिठी आफूले घोषणा गरेको नयाँ करपछि आएको दाबी गरे।

‘निष्कर्षमा पुग्न लागेका बेला उनीहरूले रिनेगोसियट गर्नुपर्छ भन्न थाले,’ ट्रम्पल भने, ‘त्यसपछि हामीले कर लगाउने भन्यौं, वक्तव्य निकाल्यौ। बल्ल उनीहरूले चाँडै कुराकानी गरौं भने।’

उनले के हुन खोज्दैछ भन्नेबारे आफूलाई ठ्याक्कै थाहा नभए पनि राष्ट्रपति सीको सुन्दर चिठीले सकारात्मक निष्कर्ष निस्कने संकेत दिएको बताए।

‘मलाई उहाँ ९सी० धेरै राम्रो लाग्नुहुन्छ, सायद अब हाम्रो टेलिफोन कुरा पनि हुन्छ होला। उहाँ मेरो राम्रो साथी हो तर म अमेरिकाको प्रतिनिधित्व गर्छु, उहाँ चीनको। त्यसैले हामी यो मित्रताको कुनै फाइदा लिदैनौं,’ ट्रम्पले भने।

यसअघि गतसाता ट्रम्पले चीनबाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

व्यापार वार्ता निकै धिमा गतिमा चलिरहेको र चीनले ‘रिनेगोसियट’ गर्न खोजेको भन्दै ट्रम्पले आगामी शुक्रबारदेखि ती सामानमा लाग्ने कर १० प्रतिशतबाट बढेर २५ प्रतिशत पुग्ने बताएका हुन्।

यसअघि सन् २०१९ को सुरूदेखि नै उक्त कर लगाउने बताएका ट्रम्पले व्यापार वार्ता सकारात्मक दिशातिर गएको भन्दै मिति पर सारेका थिए।

पछिल्लो समय चीन आफ्ना पहिलाका सहमतिबाट पछि हटेको अमेरिकाले आरोप लगाएको छ। अमेरिका र चीनबीच वौद्धिक सम्पत्तिको चोरी र प्रविधि हस्तान्तरणका विषयमा सहमति हुन सकेको छैन।

कर थप्ने ट्रम्प घोषणाको जवाफमा राष्ट्रपति सीले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न भनेका थिए।

व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए। तर सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएको थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले ट्रम्पको घोषणा पछि चीन पछि हट्छ भन्ने कुरा अमेरिकाले नसोचे पनि हुने टिप्पणी प्रकाशित गरेको थियो।।

चीनले आगामी अक्टोबरमा जनगणतन्त्रको ७० औं वर्षगाँठ मनाउँदै छ। एसिया, अफ्रिका र युरोपलाई जल र जमिनले जोड्न बेल्ट एन्ड रोड परियोजना ल्याएका सीले यो वर्ष चीनको हार भएको सन्देश जाने कुनै किसिमका सम्झौता गर्न चाहँदैनन्। त्यसैले उनले वार्ताकारलाई नझुक्न भनेका हुन्।

यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो।

तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन। अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो कार्यान्वन प्रणाली बनाउने पक्षमा छ। त्यसको अर्थ चीनले सम्झौता अक्षरशस् पालना नगरे अमेरिका आफैंले दण्डित गर्न सक्ने हो। तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ। चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र चल्न सक्ने निष्कर्षमा चीन पुगेको देखिन्छ।

गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो।

पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो।

लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो।

सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो।

अहिले चीनबाट ५३९.५ अर्ब डलरको सामान अमेरिका जान्छ। ट्रम्पले बाँकी ३२५ अर्ब डलरका चिनियाँ सामानमा पनि छिटै कर लगाउने चेतावनी दिएका छन्। चिनियाँ सामानमाथिको करका कारण अमेरिकी अर्थतन्त्रमा सुधार भएको ट्रम्पको दाबी छ। अमेरिकाले लगाएको करका कारण ती सामानको उत्पादन खर्च नगन्य रूपमा बढेको उनको तर्क छ।