३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह नै नगरी बुवा बन्दैछन् सलमान खान !



अ+ अ-

काठमाडौं । बलिउडका सुपरस्टर नायक सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । थुप्रै वर्षदेखि प्रशंसकले सलमानलाई बारम्बार विवाह बारे प्रश्न सोधिरहेका छन् । सलमानको विवाहले निकै नै चर्चा पाउने गरेको छ ।

यसैबीच टाइम्स अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत् पिता बन्ने तयारीमा भएको पनि चर्चा छ । सलमान खान पिता बन्न लागेको खबरमा उनका प्रशंसकहरु उत्साहित छन् तर उनले सरोगेसीमार्फत् सन्तानलाई जन्म दिन लागेको खबरले उनको विवाहमाथि ठूलै प्रश्नचिन्ह उब्जिएको छ । यदि सलमानको तयारी साँचो हो भने के उनी अब जीवनभर अविवाहित रहनेछन् रु सलमानले धेरैपटक आफू विवाहबाट भाग्ने गरेको जानकारी दिइसकेका छन् ।

बच्चासँग लगाव तर विवाह गर्न किन डराउँछन् सलमान ?

सलमान खानलाई बच्चाहरु निकै मनपर्छ । उनको आफ्नो खानदानको बच्चासँग निकै गहिरो लगाव छ । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘उनी राम्रो छोरा हुन्, राम्रो बुवा बन्न सक्छन् तर सायद राम्रो श्रीमान् बन्न नसक्लान् ।’ सायद आजकाल सेलिब्रिटीबीच भइरहेको सम्बन्धविच्छेदले पनि सलमानको मनमा डर पैदा गरेको हुनसक्छ । भाइ अरबाज खानको मलाइकासँग १९ वर्षपछि सम्बन्धविच्छेद भएपछि सलमान यसलाई ठूलो पाठ मान्छन् । एक च्याट शोमा सलमानले भनेका थिए, ‘विवाहपछि यस्तो हुन्छ भने म ब्याचलर नै ठिक छु ।’