३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको जन्मोत्सवमा राष्ट्रपति सहभागी नहुने



अ+ अ-

ललितपुर । सत्यमोहन जोशीको जन्म दिनको कर्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी नहुने भएकी छिन् ।

जन्म दिनको कार्यक्रमा उपस्थित हुने भनिएपनि अन्तिम समयमा आएर राष्ट्रपतिको कार्यव्यस्तताले कार्याक्रममा सहभागी हुन नसक्ने जानकारी आएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ। वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्न लागेका उनको २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ ।

महानगरका अनुसार सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण नीधि र अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको भन्दै सार्वजनिक बिदा दिने निणर्य गरेको मेयर चिरिबाबु महर्जनले बताए ।