३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सादा पोशाकको ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने तीन जना पूर्वप्रहरी पक्राउ



अ+ अ-

वीरगञ्ज । सादा पोशाकको ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मुकेश सर्राफ, वीरगञ्ज महानगरपालिका–१४ पिपरा बस्ने ३७ वर्षीय ज्ञानबहादुर साह, र फेटा गाउँपालिका–७ कुकुरभुका २६ वर्षीय रवी शंकरप्रसाद यादव रहेका छन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय आसपासबाट २५ गते बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरु मध्ये २ जना पूर्वप्रहरी र एक जना पूर्वसशस्त्र प्रहरी हुन् ।

प्रहरीका अनुसार थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।