३१ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा डेढ किलो सुनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिगएको प्रहरी टोलीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक रहेका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा प्रहरीले १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुन बरामद गरेको हो । बिकले दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर सुन ल्याएका थिए ।

प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।