३१ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप गरेको छ ।

चैत १५ देखि अहिलेसम्म झण्डै ६ हजार गुनासोकर्ताले गुनासो दर्ता गराएपछि र गुनासो गर्नेहरु दिनहुँ बढिरहेका र यो अनपेक्षित भएपछि समय थप गरिएको हो । प्राधिकरणका अनुसार अब छुट भएकाहरुले जेठ मसान्तसम्म गुनासो दर्ता गर्न पाउनेछन् ।

यसअघि गएको चैत १५ गतेबाट सुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणको काम वैशाख मसान्तसम्म सक्ने भनिएको थियो । तर पुनर्निर्माणको काममा खटिएका प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएपछि एक महिना समय थप गरिएको प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरले जानकारी दिए ।

वास्तविक पीडितको लगत संकलनमा सहयोग गर्न पनि प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधि र प्राविधिकलाई आग्रह गरेको छ । वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न र गैर पीडित समावेश गर्न सिफारिु गरेको पाइएमा सिफारिसकर्तालाई कारबाही हुने प्राधिकरणले जनाएको छ ।