७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्य संख्या बढेपछि एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ। 

यसअघि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी बस्दै आएको बैठक केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेसमा बस्न लागेको हो । 

१० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएपछि संख्या बढेको हो ।

यही मंसिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेन्डा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

त्यस्तै, जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि सो बैठकले निर्धारण गर्नेछ भने नेताहरुको कार्य विभाजनलाई पनि बैठकको एजेन्डामा राखिएको छ ।