२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन भइरहेका बेला बम आक्रमण



अ+ अ-

काठमाडौं । कश्मीरको पलुवामा निर्वाचन भइरहेका बेला बम आक्रमण भएको छ । मतदानस्थलमा आक्रमणकारीहरुले बम प्रहार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।

बम घटनाभएपनि मतदान भने नरोकिएको बताएको छ । काश्मिरका अधिकांश स्थानमा भइरहेको मतदानमा मानिसहरु त्रसित रुपमा सहभागी भएको सञ्चार माध्यमले लेखेका छन् । कडा सुरक्षाका बीच पनि आक्रमण हुन थालेपछि अधिकांश मानिसहरु मतदानमा सहभागि नभएको बुझिएको छ ।

गत फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा आत्मघाती विस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो। पलुवा घटनापश्चात भारत र पाकिस्तानबीच अहिलेसम्म पनि द्धन्द्धकै अवस्था छ ।