२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावको ३ दिन अगाडि नेताको गोली हानी हत्या



अ+ अ-

काठमाडौं। सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का नेता गुल मोहम्मद मिरको गोली हानी हत्या गरिएको छ । भारत प्रशासित कश्मीरको अनन्तनाग जिल्लामा शनिबार उनको हत्या भएको हो । काश्मीर प्रहरीका अनुसार मिरमाथि नौगामस्थित आफ्नै घरमाकुनै चरमपन्थी आतंकारीद्वारा गोली प्रहार गरिएको थियो ।

जिल्लाको पार्टी उपाध्यक्षसमेत रहेका६० वर्षीय मोहम्मद गोली लागेर गम्भिर घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनन्तनागमा लोकसभाको चुनाव सोमबार हुँदैछ । उनको हत्या चुनावको ३ दिन अगाडि भएको छ भने यो अहिले सम्म सो र नजिकको पहिलो घटना हो । भारतीय जनता पार्टीले हत्याको निन्दा गर्दै सिबिआई जाँच गर्नका लागि माग गरेको छ।