२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना यस्तो चर्तिकला, चार जनाको तलब आफ्नै खल्तीमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन्। तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको छ ।

जब कि उनले संसद सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्ष ज्यूको गाडि अधिकांश समय संसद सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन्। अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ। तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद सचिवालय श्रोतले भन्यो।

अध्यक्ष तिमल्सिनाले चार जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसो गरिएको श्रोतले बतायो। तिमलिस्नाले चार जनाको कूल तलब गरेर मासिक ६९ हजार एक सय ४० रुपैयाँ बुझ्दै आएका छन्। अध्यक्ष तिमल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन बस्नेको तनागरिकता नभएको र चालक परिवर्तन भइरहने कारणले चार स्वकीयको खाता नखोलिएको दाबी गरेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।