२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाशको प्रधानमन्त्री ओलीलाई प्रश्न- ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’ संसद्‌मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो प्रश्न गर्नुको कारण थियो-बजेट आउनुअघि सार्वजनिक भएको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका लागि मागिएका ४ दर्जनभन्दा बढी योजनाको फेहरिस्त।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (प्रधानमन्त्रीको निजी सचिवालय) ले आगामी बजेटमा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा–५ मा पहिचान गरिएका विकासका योजना समेट्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडबाट चैत २९ गते आयोगलाई पठाइएको पत्रमा ५० भन्दा बढी विकासे योजनाका नाम छन्। ‘आगामी आवको बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखी समावेश गरिदिनका लागि त्यहाँ पठाइएको निर्देशनअनुसार अनुरोध छ’ पत्रमा भनिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।