२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नेपाली उम्मेदवार बेलायतको चुनावमा विजयी



अ+ अ-

काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन ९सागर० सिलवाल र कोलबर्न टाउनमा डा जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए ।

बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै आएको सो क्षेत्रको नतिजा उल्ट्याएर केसीले जितेका हुन् ।

लिबेरल डेमोर्क्याट पार्टीका उम्मेदवार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वा्चित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोर्क्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् । डा। जगन्नाथ शर्मा तेस्रो कार्यकालका लागि काउन्सिर निर्वातित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार शर्मा सो क्षेत्रमा निर्विरोध निर्वाचित भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।