२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहणका लागि साउथकोलसम्म बाटो खुल्यो



अ+ अ-

काठमाडौँ । यस सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइरहेका नेपाली शेर्पा गाइडको टोली बिहीबार दिउँसो ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा पुगेको छ ।

साउथकोलबाट सगरमाथा र ल्होत्से हिमाल जाने मार्ग छुट्टिन्छ । नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्नेहरू अन्तिम प्रयास यहींबाट गर्छन् । आरोहण दलले साउथकोलमा आफ्नो अन्तिम क्याम्प राख्छन्, जसलाई चौथो क्याम्प भनिन्छ ।

‘आठ जना नेपाली शेर्पा गाइइड बिहीबार दिउँसो २ बजे साउथकोलसम्म बाटो बनाउन सफल भएका छन्’, यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि डोरी टाँग्ने जिम्मा पाएको कम्पनी हिमालयन गाइड्सका सञ्चालक ईश्वरी पौडेलले कान्तिपुरसँग भने ।

उनका अनुसार बाटो बनाउनेहरू दोलखाका सिद्धि तामाङको नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा फिन्जु लामा भोटे, मिङ दोर्ची शेर्पा र आङ फुर्वा शेर्पा, दावा नोर्बु शेर्पा अनि सोलुखुम्बुका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा थिए ।

आरोहीहरूका लागि डोरी टाँग्दै गइरहेका शेर्पा गाइडको यो टोली मंगलबार ७ हजार ६ मिटरमा रहेको तेस्रो क्याम्पमा पुगेको थियो । दुई दिनको प्रयासपछि डोरी टाँग्दै साउथकोलसम्म पुगेको टोलीले बिहीबार साँझै ६४ सय मिटरमा रहेको दोस्रो क्याम्पमा फर्किरहेको खबर काठमाडौंमा पठाएको थियो ।

‘तेस्रो र चौथो क्याम्प रहने साउथकोलमा बास बस्न नसकिने भएकाले शेर्पाहरूको टोली दोस्रो क्याम्पमा आउने गरेको हो,’ हिमाल आरोहण गराउने कम्पनीहरूको एक्सपिडिसन एसोसिएसनका सचिवसमेत रहेका पौडेलले भने । उनीहरूले साउथकोल पुगेको खबर रेडियो सेट वाकीटकीबाट आधार शिविरमा टिपाएका थिए ।

आधार शिविरमा मोबाइल नेटवर्कमार्फत सम्पर्क हुन्छ । यो टोलीले वैशाख २७ गते चुचुरोसम्म बाटो बनाइसक्ने भनेको छ । डेडजोन पनि भनिने साउथकोलभन्दा माथि चुचुरामा पुग्न करिब ८ सय ४८ मिटर बाँकी रहन्छ । यही मार्गमा बालकोनी र हिलारी स्टेप पर्छन् । साउथकोलभन्दा माथि अत्यधिक गतिमा हावा चलेकाले तीन दिन बाटो बनाउने कार्य स्थगन हुनेछ । कान्तिपुरबाट