२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गरेको आरोपमा प्राइम इन्स्योरेन्सका प्रबन्धक शर्मा पक्राउ



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा जानेलाई नक्कली बिमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बिमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसअघि नै कम्पनीका अन्य तीन कर्मचारी पक्राउ परेका थिए । कम्पनीका कर्मचारीहरू प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी काठमाडौं जिल्ला अदालतको आदेशबाट जेल चलान भइसकेका छन् । सोही ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिंहबहादुर लामा, भोला पोखरेल र ध्रुव रेग्मी भने धरौटीमा छुटेका छन् ।

यसरी भयो ठगी
१४ लाख रुपैयाँको वैदेशिक रोजगार बिमाबापत कम्पनीले चार हजार रुपैयाँ लिने गरेको थियो । अनुसन्धानमा खुलेका पाँच सय ७४ बाहेक पनि कम्पनीबाट नक्कली बिमालेख जारी भएको हुन सक्ने आशंका गरिएको छ । बिमाबापतको पैसा लिने र नक्कली बिमालेख जारी गरेर उनीहरूले ठगी गर्दै आएका थिए । नक्कली बिमालेखकै आधारमा वैदेशिक रोजगार कार्यालयका कर्मचारीले श्रम अनुमति दिँदै आएका थिए । यसमा केही म्यानपावर कम्पनीको समेत मिलेमतो देखिएको थियो ।

इन्स्योरेन्स कम्पनीको खातामा पैसा जम्मा भएको अवस्थामा समेत कम्पनीले सक्कली बिमालेख जारी नगरेको अनुसन्धानमा खुलेको छ । नक्कली बिमालेख जारी भएकोमा सक्कली बिमालेख जारी गर्न भनेर म्यानपावर कम्पनीले पत्र लेख्दासमेत ध्यान दिइएको थिएन ।

कतिपय बिमा एसीपेयी चेकमार्फत भएका थिए । सोही कम्पनीबाट बिमा गरेर मलेसिया गएका धादिङका एक युवकको उतै मृत्यु भएपछि बिमामा भएको ठगी खुलेको हो । ती युवकका परिवार बिमा दाबी गर्न कम्पनीमा जाँदा बिमा नै नगरेको पाइएको थियो । कम्पनीका प्रबन्धक रहेका शर्माकै यसमा संलग्नता रहेको भन्दै अदालतले समेत उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपछि सिआइबीले पक्राउ गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।