२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब मोबाइलको ब्यालेन्सबाटै बिजुलीको बिल तिर्न एवं सामान किन्न मिल्ने



अ+ अ-

काठमाडौं । अहिले मोबाइलको बलेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ। अबको केही महिनामा भने मोबाइल प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाशुल्क तिर्न सक्नेछन्।

मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ। यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ।

सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले संयुक्तरूपमा कम्पनी दर्ता गरी ‘मनी’ सेवा दिने समझदारी भएको हो। टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी र राष्ट्रिय वाणिज्य बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।

दुई कम्पनीले यसअघि वैशाख ३ गते डिजिटल फाइनान्स कम्पनी खोल्नका लागि प्रारम्भिक समझदारी गरेका थिए। डिजिटल फाइनान्स कम्पनी सञ्चालन गर्न टेलिकम र वाणिज्य बैंक सञ्चालक समितिले प्रस्ताव पास गरिसकेको टेलिकमका प्रबन्ध निर्दैशक ल्लिी अधिकारीले जानकारी दिए।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।