२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगालमा विकसित भएको चक्रवात ‘फानी’, नेपालमा पानी !



अ+ अ-

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’को प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ ।

सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।

‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’- महाशाखाद्धारा विहिवार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।

हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।