२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकल रक्सीसँग यार्सागुम्बा



अ+ अ-

काठमाडौं । संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ । मदिरा उठाउँदै कालोबजारी गर्न थालेका छन् । व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन् ।

बझाङका सुर्मा र साइपाल गाउँपालिकाले यार्सागुम्बा पाइने चालावन, धनसेरी, राइढुंगी, विनायक नाङना, साइपाललगायत क्षेत्रलाई मदिरा निषेधित घोषणा गरे पनि व्यापारीले लुकिछिपी लैजाने सिलबन्दी तथा लोकल मदिरासँग संकलकले यार्सागुम्बा साट्ने गरेका छन् ।

‘दिनभर हिउँमा यार्सागुम्बा संकलन गरिन्छ । बेलुका चिसो हटाउन र थकान मेटाउन यार्सागुम्बासँग मदिरा साटेर पिइन्छ।’ साइपाल –१ का रामबहादुर बोहोराले भने, ‘सदरमुकाम चैनपुरमा २ सय ५० रुपैयाँमा पाइने एक क्वाटर भर्जिनलाई लेक क्षेत्रमा एक हजार २ सयभन्दा बढी पर्छ ।, समाचार नागरिक दैनिकले छापेको छ ।