२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकी चेलीले नै पाइनन् पुस्तक



अ+ अ-

मुगु । जिल्लाभर प्रधानमन्त्रीकी चेली भनेर चिनिने माग्रीगाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले पाठ्यपुस्तक नपाउँदा पढाइ प्रभावित बनेको छ । मुगमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत उनी गत वर्ष कक्षा १ मा प्रथम भएकी थिइन् । गत वर्षको भर्ना अभियानको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।

बैशाख २ गते लामा बुद्ध माविमा कक्षा २ मा भर्ना भएकी थिइन् । भर्ना भएको करिब दुई सातासम्म पनि किताब उनको हातमा परेको छैन । उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् । शिक्षकले पुस्तक आउँछ भन्दै दैनिकजसो टार्ने गरेको उनको गुनासो छ । उनका बाजे कार्माछेवाङ लामाले किताव नपाउँदा नातिनीले पढाइमा ध्यान नदिएको बताए । ‘विद्यालय त नियमित जान्छिन्,’ उनले भने, ‘तर पुस्तक बिनै स्कुल पठाउँदा पढाइमा उनले जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेकी छैन ।’

उनीमात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि नयाँ पाठयपुस्तक पाउन सकेकी छैनन् । उनी अहिले कक्षा ३ मा भर्ना भएकी छन्, तर पुस्तक नहुँदा उनको विद्यालय नियमित छैन । छिरिङछोन्जुङ झोलामा च्यातिएका पुराना र अधुरा किताब बोकेर विद्यालय जाने गरेकी छन् । ‘किताब छैन भनेर बेलाबेलामा विद्यालय जान आनाकानी गर्छिन्, ‘उनकी आमा टोलाले भनिन्, ‘पुस्तक नहुँदा पढाइमा खासै जागर छैन ।’ ठिल्लेसाङमू र छिरिङछोन्जुङ दुवैले अहिलेसम्म नयाँ पोशाक सिलाउन सकेका छैनन् । घरको आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पुरानो लुगामा विद्यालय जाने गरेका हुन् ।

बुद्ध माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक डिलेन्द्रबहादुर शाहीले विद्यालयका कुनै पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । चालु शैक्षिक सत्रको नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीको पठनपाठन अन्यौलमा परेको उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।