२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक धुर जग्गामा तीन घरधुरी, एउटाको भागमा शौचालय !



अ+ अ-

जनकपुरधाम । एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।

एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्‍यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ। शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्।

पानोदासका जेठा छोरा श्रीचन्द्रका २ छोरी, एक छोरा र पत्नी छन्। माहिलो चन्देश्वरकी पत्नी र एक छोरी गरी ३ जना र कान्छो विन्देश्वरका पत्नी र एक छोरी गरी ३ जना छन्। पानोदासका ३ छोरा, ३ बुहारी र ५ नातिनातिना गरी १२ जना त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।