२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीबाट बिदामा आएकाको मृत्यु भए सरकारले सात लाख दिने



अ+ अ-

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ।

सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो।

उपचारका क्रममा मृत्यु भएकामात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि युवालाई सहायता रकम दिनेगरी कानुनी व्यवस्था गर्न लागिएको छ।

वैदेशिक रोजगार बोर्ड सञ्चालक समिति बैठकले करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। यो समाचार आजको कारोबार दैनिकमा छ।