२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न निषेध



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले पासपोर्टमा तोकिएभन्दा बढी विदेशी मुद्रा बोक्न निषेध गरेको छ । यसअघि राष्ट्र बैंकको अस्पष्ट सूचनाका आधारमा विदेशी मुद्राको तस्करी भइरहेको खुलेको थियो । विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा एक हजार उल्लेख गरेर पाँच हजारसम्म लैजाने प्रचलन थियो । यही छिद्रको उपयोग गरी अवैध बजारबाट डलरलगायत विदेशी मुद्राको कारोबार र तस्करी हुने गरेको थियो ।

हालै राष्ट्र बैंकले नयाँ सूचना जारी गरी पासपोर्टमा उल्लेख गरिएको भन्दै धेरै विदेशी मुद्रा बोक्न निषेध गरेको छ । राष्ट्र बैंकको सूचनाअनुसार विमानस्थलमा प्रहरीले कडाइ सुरु गरेको छ । ‘पासपोर्टमा दरपिठ गरिएको भन्दा धेरै विदेशी मुद्रा बोक्नेलाई अब पक्रिन्छौँ,’ विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी भने । विमानस्थलमै पसल चलाउँदै आएका व्यवसायी सुवास श्रेष्ठ गत महिना पासपोर्टमा उल्लेख गरेभन्दा धेरै विदेशी मुद्रासहित पक्राउ परेपछि राष्ट्र बैंकले नयाँ सूचना निकालेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।