२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीयलाई नेपाली नागरिकता, दुईजना पक्राउ



अ+ अ-

बिर्तामोड । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् ।

जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो ।

गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो ।

पहिले नागरिकता बनाउन बाबुछोरा बनेर आउने दुईजना पक्राउ गरी अनुसन्धान भरहेकोमा अहिले जनप्रतिनिधि, कर्मचारी र मुचुल्कामा सही गर्ने स्थानीयका नाममा पनि पक्राउ पुर्जी जारी भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएको अन्नपुर्ण पोष्टमा खबर प्रकाशित छ ।