२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहलाई २ अर्ब प्रोत्साहन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहलाई १ अर्ब ७० करोड रुपैयाँ बराबर प्रोत्साहन रकम दिने भएको छ।

बजेट ल्याएको समय र गरेको खर्च तथा सम्बन्धित तहलाई रिपोर्टिङ गरेको आधारमा मूल्यांकन गरी आयोगले वित्त आयोग ऐनअन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा ७५३ स्थानीय तहलाई यति प्रोत्सहन रकम दिन लागेको हो।

कार्यसम्पादनको आधारमा स्थानीय तहले घटीमा साढे चार लाखदेखि बढीमा ३७ लाख रुपैयाँसम्म प्रोत्साहन रकम पाउनेछन्।

अर्थमन्त्रालयले आगामी आवका लागि स्थानीय तहमा ८९ अर्ब ९४ करोड ६६ लाख बजेटको सिलिङ बनाएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।