२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा



अ+ अ-

रक्सोल । अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । जंगलमा पर्ने रुख कटानसँगै पाइपलाइन विच्छ्याउने काम ४ किलोमिटर मात्र बाँकी रहेको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको जानकारी दिएको छ ।

नेपालतर्फ अमलेखगन्जदेखि रक्सोलसम्म ३६.२ किलोमिटर पाइप गाड्नुपर्नेमा अब जंगलक्षेत्रको करिब ४ किलोमिटरको काम मात्रै बाँकी रहेको हो । पाइपलाइन विच्छ्याउने काम सकिएसँगै इन्धन ल्याउने प्रक्रिया अगाडि बढ्ने छ । आगामी असारभित्रै पाइपलाइनबाट इन्धन ल्याउने नेपाल आयल निगमले भनाइ छ ।

भारततर्फको रक्सोलदेखि मोतिहारीसम्मको ३२.७ किलोमिटर पाइप गाड्ने काम भने यसअघि नै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार अहिले रुख कटान भएका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ । रुख कटानको काम भइरहेको जंगल क्षेत्रमा ४ किलोमिटरबाहेक अन्य सबै ठाउँमा पाइप गाड्ने काम सम्पन्न भइसकेको समाचार आजको कारोबार दैनिकमा छ ।